कारोबारको पहिलो घण्टा: १७ अकंले उकालो लाग्यो नेप्से

६ बर्ष अगाडि

आज नेपाल स्टक एक्सचेन्ज नेप्से परिसुचक कारोबारको पहिलो घण्टामा १७.४१  अंकले उकालो लागेको छ ।

कारोबार सुरु भए देखिनै  उकालो यात्रा तय गरेको परिसूचक पहिलो घण्टाको अन्तिम सम्म आउँदा १७ अकंले उकालो लागेको हो ।

आज १३५०.३९ को बिन्दुबाट सुरु भएको कारोबार १ घण्टाको अवधीमा १३६६.७२  को बिन्दुमा पुगेको छ । 

आज ११ बजे को  १३५०.३९  विन्दुबाट शेयर कारोबार सुरु भएको थियो भने १२ बजेसम्म आउँदा त्यो परिसुचक १.२९ प्रतिशतले बढेको छ ।

त्यस्तै, आज अहिले सम्म कारोबारमा आएका १२ उपसमूह मध्य ११ वटै उपसमुह बढेका छन् ।

अहिले कारोबार भईरहेका १६० कम्पनीको १५ लाख ५९  हजार कित्ता शेयर खरिद विक्री हुदाँ ६३ करोड ६५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज कारोबार भएका सबै कम्पनीहरु मध्ये नेपाल लाइफ इन्स्योरेन्सले  ११ सय ८५ कित्ता शेयर बिक्रि गर्दै २९ करोड २० लाख बराबरको कारोबार गरेर उच्च स्थानमा छ  ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया