गुडविल फाइनान्स लिमिटेडले १२ प्रतिशत व्याजदरमा सात वर्षे अवधिको ऋणपत्र आजदेखि बिक्रि खुला गरेको छ ।
कम्पनीले प्रतिकित्ता १ हजारमा २ लाख ५० हजार कित्ता ऋणपत्र निष्कासन गरेको हो । त्यसमध्ये १ लाख ५० हजार कित्ता व्यक्तिगत तवरमा , १ लाख कित्ता मध्ये ५ हजार कित्ता सामुहिक लगानी कोषमा र बाँकी रहेको ९५ हजार कित्ता सर्वासाधारणका लागी बिक्रि खुल्ला गरेको छ ।
कम्पनीले न्युनतम २५ कित्ता र अधिकतम ५ हजार कित्ता सम्म छिटोमा चैत २ गतेसम्म आवेदन खुल्ला गरेको छ भने ढिलोमा चैत १२ गतेसम्म आवेदन दिन सकिनेछ ।
कम्पनीको ऋणपत्रलाई इक्रा नेपालले इक्रा एनपी एल बिबि रेटिङ दिएको छ ।कम्पनीको ऋणपत्रको विक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया