नेपाल एसबिआई बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
यस अघि बैंकले २८ गतेदेखि एक हजार अंकित मूल्यका २५ लाख कित्ता ऋणपत्र निष्काशन निष्काशन गरेको थियो ।
बैंकले प्राइभेट प्लेसमेन्ट मार्फत १५ लाख कित्ता बाँकि १० लाख कित्ता ऋणपत्र मार्फत सर्वसाधारणलाई बिक्रि गरेको हो ।
१० वर्षे अवधिको १० प्रतिशत ब्याज प्रदान गर्ने उक्त ऋणपत्रमा न्युनतम २५ कित्ता र अधिकतम १० लाख कित्तासम्म आवेदन दिन सकिने बैंकले जनाएको छ ।
त्यस्तै, बैंकले सर्वसाधारणलाई छुट्याइएको कित्ता मध्ये ५० हजार कित्ता सामुहिक लगानी कोषलाई सुरक्षित गरेको छ ।
बैंकको ऋणपत्र निष्काशनको बिक्रि प्रबन्धक कुमारी क्यापिटल रहेको छ ।
प्रतिक्रिया