ओली आफै दाह्री काट्न सक्ने भए

६ बर्ष अगाडि

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा अपेक्षाकृत सुधार भएको प्रमका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् । 
उनले बुधबार प्रधानमन्त्री ओली आफैले दाह्री काटेको जानकारी दिँदै स्वस्थ बन्ने क्रममा रफ्तारमा चलिरहेको जानकारी दिए । 
‘सम्माननीय प्रधानमन्त्रीज्यूको स्वास्थ्यलाभ अपेक्षित गतिमा भइरहेको छ । उहाँले हिँडडुल र नियमित व्यायाम गरिरहनुभएको छ । उहाँ आफैले दाह्री काट्नु भएको छ । स्वस्थ बन्ने क्रम रफ्तारमा चलिरहेको छ’ थापाले बुधबार बिहान जानकारी दिएका छन् । 
गत बुधबार मिर्गौला प्रत्योरोपण गराएका ओली अहिले त्रिवि शिक्षण अस्पतालमै आरामरत छन् । 

६ बर्ष अगाडि

प्रतिक्रिया