आजको शेयर कारोबारमा पुन: ४० मिनेटको ब्रेक लागेको छ ।
नेप्से कारोबारको पहिलो घण्टामा ४ प्रतिशतले घटेर २० मिनेटका लागि कारोबार बन्द भएको नेप्से २० मिनेट पछि फेरी सुरु भएको थियो ।
दोस्रो घण्टाको कारोबार सुरु भएसँगै फेरी पनि ५ प्रतिशतले घटेर ४० मिनेटका लागी कारोबार बन्द भएको छ ।
आज १२ बजेर ३२ मिनेटमा ७२.३२ अंकले आरालो लागेर नेप्से ५ प्रतिशतले घटेको थियो ।
त्यस्तै, अहिले सम्म कारोबारमा आएका १६० कम्पनीको २३ लाख ११ हजार कित्ता शेयर खरिद बिक्री हुदाँ ९१ करोड १८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया