कोरोना भाइरसको डरले नेपाल लगायत १४ देशलाई कतार प्रवेश निषेध

६ बर्ष अगाडि

काठमाडौं । सरकारले वैदेशिक रोजगारीका लागि कतार जानका लागि श्रम स्वीकृति दिन बन्द गरेको छ । कतार सरकारले नेपालसहित १४ देशका नागरिकलाई अर्को व्यवस्था नभएसम्मको लागि कतार प्रवेशमा रोक लगाएसँगै नेपाल सरकारले पनि श्रम स्वीकृति दिन बन्द गरेको हो । 

वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार प्रसाद दाहालले मंगलबारदेखि कतारको लागि श्रम स्वीकृति बन्द गरिएको जानकारी दिए । कोरोना भाइरसको संक्रमणबाट बच्नको लागि कतारले सावधानीसहित जोखिममा रहेको नेपालसहित १४ देशलाई कतार प्रवेशमा रोक लगाएको. छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया