लिबर्टी इनर्जीको आईपीओमा  आजबाट आवेदन खुल्ला

६ बर्ष अगाडि

लिबर्टी इनर्जी कम्पनी लिमिटेडले आजबाट साधारण शेयर आइपीओ आजबाट निष्काशन गरेको छ । 

कम्पनीले उद्योग प्रभावित क्षेत्रका बासिन्दाहरूका  लागि १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता साधारण शेयर आज फाल्गुन २७ गतेबाट बिक्री खुला गरेको हो । 

कम्पनीले लमजुङ जिल्लाको दोर्दी गाउँपालिकाका वडा नं। ६ र ७ का स्थानीयलाई छुट्याएको मध्ये ३३.३३ प्रतिशत अर्थात ५ लाख कित्ता,  प्रभावित क्षेत्र दोर्दी गाउँपालिकाका  वडा नं. ११ का स्थानीयलाई छुट्याएको मध्ये ३३.३३ प्रतिशत अर्थात ५ लाख कित्ता त्यसैगरी, सो बाहेकका लमजुङ्ग जिल्लाका सम्पूर्ण बासिन्दाहरुका लागि बाँकी ३३.३३ प्रतिशत अर्थात ५ लाख कित्ता शेयर बाँडफाँड गर्नेछ।

छिटोमा चैत ११ गते ढिलोमा चैत २६ गते निष्काशन बन्द हुने १०० अंकित दरको  उक्त कम्पनीको आइपीओमा न्यूनतम १० कित्ता देखि अधिकतम १० हजार कित्ता सम्मका लागि आवेदन दिन सकिने छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया