प्राइम लाइफले घोषणा गर्यो लाभांश

६ बर्ष अगाडि

प्राइम लाइफ इन्स्योरेन्सले आफ्ना शेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ । 

कम्पनीले गत आवको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १२.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १ करोड ३२ लाख १० हजार १ सय २८ रुपैयाँ बराबरको नगद लाभांश बितरण गर्ने प्रस्तव गरेको हो । 

कम्पनीले  प्रस्ताव गरेको उक्त लाभांश बिमा समितिको स्वीकृति र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र शेयरधनीले पाउने छन् ।

हाल कम्पनीको चुक्ता पुंजी २ अर्ब ७९ लाख ३९ हजार ३ सय ७५ रुपैयाँ रहेको छ  ।  

६ बर्ष अगाडि

प्रतिक्रिया