पञ्चकन्याले मनायो अन्तर्राष्ट्रिय नारी दिवस

५ बर्ष अगाडि

काठमाडौं– पञ्चकन्या समूहले अन्तर्राष्ट्रिय नारी दिवसको उपलक्ष्यमा फागुन २३ गते एक आपसमा शुभकामना आदान–प्रदान गरी नारी दिवस मनाएको छ ।

कार्यक्रममा पञ्चकन्या ग्रुपका उपाध्यक्ष ध्रुबकुमार श्रेष्ठ, प्रबन्ध निर्देशक प्रदीप कुमार श्रेष्ठ, निर्देशक नितिशा श्रेष्ठ तथा कर्मचारीहरुको उपस्थिति थियो । 

कार्यक्रममा सबै वक्ताहरुले नारीको महत्वबारे मन्तव्य दिएका थिए भने ग्रुपमा कार्यरत महिलाहरुको उत्साह अभिवृद्धि गर्न विभिन्न उपहारहरु प्रदान गरिएको थियो ।
 
 

५ बर्ष अगाडि

प्रतिक्रिया