काठमाडौं – अन्य क्षेत्रको तुलनामा बैंक, बीमा तथा वित्तिय क्षेत्रमा महिला कर्मचारीको संख्या उत्साहजनक देखिएको छ । अन्य क्षेत्रमा महिला कर्मचारीको सहभागिता औषत देखिन्छ । तर, मुलुकको अर्थतन्त्रसँग जोडिएको वित्तिय क्षेत्रमा ४६.६१ प्रतिशत महिला कर्मचारी नै छन् ।
हाल नेपालमा २७ बाणिज्य बैंक, २४ विकास बैंक, २२ वित्त कम्पनी, ९० लघुवित्त वित्तिय संस्था र १ पुर्वाधार विकास बैंक छ । साथै, ४० ओटा बीमा कम्पनी पनि संञ्चालनमा छन् । ति सबमा गरेर १ लाख १८ हजार भन्दा बढी कर्मचारी छन् । त्यस मध्ये ५५ हजारको हारहारीमा महिला कर्मचारी रहेको बताइन्छ ।
यस्तै, उच्च नेतृत्वको तहमा पनि महिलाको सहभागिता बढ्दै गएको छ । बिशेषगरि बाणिज्य बैंकको हकमा व्यवस्थापन समुहमा पनि महिलाले प्रतिनिधित्व बढेको छ । २०१९ मा बेस्ट बैंक अवार्डबाट सम्मानित भएको मेगा बैंकमा सीइओ र डिसीईओ पदमा नै महिला छन् । उक्त बैंकमा सीईओको रुपमा अनुपमा खुन्जेली र डिसीईओमा रविना देशराज जोशी रहेकी छिन् ।
यस्तै, नेपाल बैंकमा समता पन्त (भट्ट) डीसीईओको रुपमा कार्यरत छिन् । एनसीसी बैंकमा पनि डीसीईओ महिला नै छन् । उक्त बैंक वन्दना पाठक डीसीईओ भएर काम गर्दै आएकी छिन् । यसगरि सनराइन बैंकमा पनि आशा राणा अधिकारीले डिसीईओ पद सम्हालेकी छिन् ।
यस्तै, नेपाल बंगलादेश बैंकमा सलोनिमा सिंह एसिस्टेन्ट जनरल म्यानेजर र सिटिजन्स बैंकमा उमंग शर्मा सहायक सीईओ भएर काम गर्दै आएका छन् । यसरी बाणिज्य बैंकमा मात्र महिला कर्मचारीहरु व्यवस्थापन समुहसम्म पुग्न थालेका छन् । यस्तै, अन्य वित्तिय संस्था तथा बीमा कम्पनीहरुमा पनि महिला कर्मचारीहरुको सहभागित बढ्दै गएको छ ।
निजामती क्षेत्रमा नै महिला कर्मचारीको संख्या कम छ । हाल नेपालमा कुल ८६ हजार ८०० निजामति कर्मचारी छन् । त्यसमा २२ हजार ३५९ अर्थात् करिब २६ प्रतिशत मात्र महिलाको हिस्सा छ । आइतबार ११० औं बार्षिक उत्सव मनाइरहँदा वित्तिय क्षेत्रमा महिला कर्मचारीको संख्या बढ्दै गएको देख्न सकिन्छ । त्यसमा बिशिष्ट श्रेणीका अधिकृतको संख्या ६९ छ । त्यसमा महिलाको सहभागिता ३ मात्र छ ।
प्रतिक्रिया