लुम्बिनी विकास बैँकले सार्वजनिक गर्याे ब्याजदर, कुनमा कति ?

६ बर्ष अगाडि

लुम्बिनी विकास बैँक लिमिटेडले कर्जा तथा निक्षेपको लागी नयाँ ब्याजदर घोषणा गरेको छ । आइतबार सूचना जारी गर्दै बैँकले आज देखी लागु हुने गरी नयाँ ब्याजदर घोषणा गरेको हो ।  

नयाँ ब्याजदर अनुसार बैँकले बिभिन्न बचत खाताहरुमा ६.५ देखी ७ प्रतिशत सम्म ब्याज दिने छ । त्यसमध्ये साधारण बचत खातामा ६.५ प्रतिशत ब्याज दिइने छ भने अन्य बचत खाताहरुमा ७ प्रतिशतका दरले ब्याज निर्धारण गरेको छ । 

यस बाहेक ब्यक्तिगत र संस्थागत दुबै मुद्दतिखातामा १० प्रतिशत ब्याज दिने बैँकको भनाइ छ ।

यस्तै , बैँकले कर्जाको प्रकार अनुसार  १८.०२ सम्म ब्याज लिने बताएको छ । हाल बैँकको आधारदर ११ं.१२ छ , बैकले त्यसैमा  प्रिमियम जोडेर ब्याजदर निर्धारण गरेको छ ।  

६ बर्ष अगाडि

प्रतिक्रिया