एकिकृत कारोबार शुरु गर्दै प्राइम र कैलाश

६ बर्ष अगाडि

प्राइम कमर्सियल बैंकले कैलाश विकास बैंकलाई प्राप्ती गर्नै भएको छ ।

यस अघि बसेको दुबै बैकंको साधारण सभाले मर्जरमा जाने प्रस्ताव पारित गरेको थियो ।

दुबै बैकंले आफ्नो पहिलो कारोबार फागुन २९ गते देखि शुरु गर्नैछ ।

नेपाल राष्ट्र बैंकले सो एक्विजिशनलाई गत फागुन १८ गते अन्तिम स्वीकृति दिएको थियो भने कम्पनी रजिष्ट्रारको कार्यालयले गत फागुन २१ गते स्वीकृति दिएको थियो।

एकिकृत कारोवार गर्दा दुबै बैंकको तथ्याङकलाई एउटै सफ्टवेयरबाट वित्तीय कारोबार गर्नुपर्ने भएकाले फागुन २८ गते दुबै बैंकको बैंकिङ्ग, एटिएम, एसएमएस, इन्टरनेट बैंकिङ्ग, मोबाइल बैंकिङ्ग लगायतका सेवाहरु बन्द  हुनेछ ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया