साहित्यकार श्रेष्ठ रहनुभएन

७ बर्ष अगाडि

 वरिष्ठ साहित्यकार तथा पूर्वबैंक प्रशासक गोपीकृष्ण श्रेष्ठको ९४ वर्षको उमेरमा निधन भएको छ । उहाँ वरिष्ठ कवि विमल निभाका पिता हुनुहुन्छ । श्रेष्ठका कथा सङ्ग्रह, अनुवाद र बैंकिङसम्बन्धी निबन्ध प्रकाशित छन् । 

कवि निभाले आफू क्यानाडाबाट फर्कंदै गर्दा यही भदौ १६ गते पिताको निधन भएको बताउनुभयो । श्रेष्ठ नेपाल बैंक लिमिटेडको उपमहाप्रबन्धक हुनुहुन्थ्यो । केही समय कामु महाप्रबन्धक पदमा काम गरेपछि सोही पदबाट उहाँले अवकाश लिनुभएको थियो । श्रेष्ठका तीन छोरा तीन छोरी छन् । पछिल्लो समय उहाँ कान्छा छोरा विजय श्रेष्ठका साथ धुम्बाराहीस्थित निवासमा रहनुभएको थियो । कवि विमल निभा उहाँका माहिला छोरा हुनुहुन्छ । 
 

७ बर्ष अगाडि

प्रतिक्रिया