एस इ इ परिक्ष स्थगित नहुने , गलत सुचनाको पछि नलाग्न मन्त्रालयको आग्रह

६ बर्ष अगाडि

सार्वजनिक सञ्चार माध्यमहरुमा कोरोनाका कारणले एस इ इ परिक्षा स्थगित भयको तथा विद्यालय बन्द हुने खालका समाचारहरु आएकोले , त्यसतर्फ ध्यान आकर्षण गर्दै आज शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरेको छ ।

विज्ञप्ति अनुसार, कोरोना भाइरसका कारण उत्पन्न वर्तमान परिस्थितिको बिश्लेषण गरेर कक्षा १ देखी ९ सम्मका परिक्षा चैत्र ५ गते भित्रै सक्नुपर्ने सुचना मन्त्रालयले पहिलाई जारी गरेको र चैत्र ६ गते बाट सुरु हुने एस इ इ परिक्षा पनि यथावत् रुपमा सञ्चालन हुने उल्लेख छ ।

साथै , यस सम्बन्धी रहेका गलत सुचनाहरुलाइ पनि सम्पे्रषण गर्न र गलत सुचनाको पछि नलाग्न मन्त्रालयले आग्रह गरेको छ  । 

६ बर्ष अगाडि

प्रतिक्रिया