जलवायुमैत्री विकासका लागि एकीकृत प्रयास आवश्यक छ : मन्त्री राय

५ बर्ष अगाडि

प्रदेश नं २ का उद्योग,  पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश रायले जलवायु परिवर्तनका मुद्दालाई तीन तहका सरकारले एकीकृत कार्यक्रम तयार गरेर कार्यान्वयन गर्नुपर्नेमा जोड दिए  । उनले देशलाई जलवायुमैत्री विकासतर्फ अगाडि बढाउन तीनै तहका सरकार  एकतावद्ध हुनुपर्ने बताए । 

 उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयद्वारा आज यहाँ आयोजित नेपालको परिष्कृत राष्ट्रिय निर्धारित तयारी प्रक्रिया विषयक प्रदेश नं २ स्तरीय परामर्श गोष्ठीमा मन्त्री रायले जलवायु परिवर्तनका असरको जोखिम न्यूनीकरण गर्दै समाजको उत्थानमा सबैको ध्यान केन्द्रित हुनुपर्ने बताए । उनले ‘प्रदेश नं २ मा खडेरी, बाढी, डुबान कटान, हावाहुरीजस्ता जलवायुजन्य प्रकोपका कारण ठूलो मात्रामा हरेक वर्ष धनजनको क्षति भइरहेकाले जोखिम न्यूनीकरण सन्दर्भमा सरकार संवेदनशील रहेको छ’ भने ।

जलवायु परिवर्तनका नकारात्मक असर वन तथा जैविक विविधता, ऊर्जा, मानव स्वास्थ्य, पर्यटन, बसोबास, पूर्वाधार विकासलगायत जीविकोपार्जनसँग सम्बन्धित क्षेत्रमा प्रत्यक्षतः महसुस गरिएको उल्लेख गर्दै उनले  प्रदेश नं २ को जलवायुसँग नीति, योजना बनाउँदा प्रदेशको धरातलीय अवस्थाको सूक्ष्मरूपले अध्ययन गर्नुपर्ने धारणा राखे ।

निजगढमा विमानस्थलको निर्माणप्रति प्रदेश सरकार सकारात्मक भए पनि सङ्घीय सरकारद्वारा सो नाममा उक्त स्थलमा शहर निर्माण गर्ने योजना बनाउनु गलत भएको मन्त्री रायले भनाइ छ । उनले ‘विभिन्न बहानामा प्रदेश सरकारलाई क्षति पु¥याउने सङ्घीय सरकारको गतिविधिप्रति प्रदेश सरकारको असहमति रहेको छ’ भने । राज्यमन्त्री सुरेशकुमार मण्डलले गरिबी, अशिक्षा,  सामाजिक असमानताका साथै समुदायको जीविकोपार्जन प्राकृतिक स्रोतमा बढी निर्भर रहेका कारण यसका असरहप्रति बढी संवेदनशील हुनुपर्ने धारणा राखे ।

नीति तथा योजना आयोगका उपाध्यक्ष डा भोगेन्द्र झाले गन्तव्यमा पुग्न आत्मनिरीक्षण गर्नु अपरिहार्य रहेको चर्चा गर्दै जलवायु परिवर्तनका सकारात्मक र नकारात्मक पक्षलाई मूल्याङ्कन गरी चुरे भावर सिवालिग क्षेत्रमा पररिरहेको प्रभावबारे गहन अध्ययन गरी नीति निर्माण गर्दै प्रभावकारी कार्यान्वयनमा ध्यान जानु आवश्यक रहेको बताए ।

मन्त्रालयका सचिव डा पे्रमनारायण कँडेलको अध्यक्षतामा भएको सो कार्यक्रममा मन्त्रालयका भूसंरक्षण अधिकृत बेचनकुमार महतोले प्रदेश नं २ मा सप्तरीदेखि पर्सा जिल्लासम्म बाढी, डुबान, कटान, खडेरीलगायतका समस्या जटिल रहेकोतर्फ ध्यानाकर्षण गराए । सो अवसरमा वन तथा वातावरण मन्त्रालयका उपसचिव रेवतीप्रसाद सापकोटा, राजु सापकोटा र मनजित ढकालले प्रदेश नं २ को जलवायु परिवर्तनका प्राथमिकता, आधारभूत तयारी र विकासका लक्ष्यबारे प्रकाश पारेका थिए ।

५ बर्ष अगाडि

प्रतिक्रिया