शेयर बजारमा करिब २०० अंकको गिरावटः कारोबार रकम कति ?

६ बर्ष अगाडि

काठमाडौं – गत हप्ता उत्साह जनक रूपमा बढेको नेपाली शेयर बजार अर्थात् नेपाल स्टक एक्सचेन्ज (नेप्से) यो हप्ता भने सोही मात्रामा घटेको छ । गत हप्ता १९७.६ अंकले बढेका नेप्से यो हप्ता १९६.४७ अंकले घटेको छ ।
आइतबार १६३२.१७ विन्दुबाट नेप्से कारोबार सुरु भएको थियो । तर, कारोबारको अन्तिम दिन बिहीबारसम्म आउँदा त्यो परिसुचक १२.०४ प्रतिशतले घटेर १४३५.७० विन्दुमा सिमित भएको छ । 
अघिल्लो हप्ता बजारमा नयाँ र ठुला लगानीकर्ता भित्रिदाँ शेयर बजार बढेको थियो । कोरोनाले बैदेशिक व्यापार बन्द हुँदा त्यहाँको पैसा शेयर बजारमा आएको पनि बताइन्छ । साथै, अर्थमन्त्री डा. युवराज खतिवडा पनि बाहिरीने हल्लाले बजार बढेको थियो । तर, अहिले अर्थमन्त्रीमा खतिवडाले निरन्तरता पाएका छन् । यसका अलावा बजारदेखि ठुला लगानीकर्ता बाहिरन सुरु गरेका छन् । फलस्वरुप यो हप्ता शेयर बजार घटेको हो ।
यो हप्ता रू. १६ अर्ब २१ करोड ९० लाखको शेयर कारोबार भएको छ । ३ करोड ८४ लाख २६ हजार ७२४ कित्ताको १ लाख ४३ हजार ९५६ पटक कारोबार भएको छ । यो हप्ता हप्ता कुल १९० कम्पनीको शेयर कारोबार भएका छन् । नेप्सेका अनुसार यो हप्ता औषतमा दैनिक ३ अर्ब २४ करोड भन्दा बढीको कारोबार भएको देखन्छ । गत हप्ता १८ अर्ब भन्दा बढीको शेयर कारोबार भएको थियो । यो हप्ता बैकिङ, होटल, उर्जा लगायतका अधिकांश क्षेत्रका कम्पनीहरुको शेयर मुल्य घटेको छ । 
यो हप्ता मंगलबार बाहेक सबै दिन शेयर कारोबार घटेको छ । कारोबार भएका सबै कम्पनीका सुचक घटेको अवस्था पनि थियो । 
 
 

६ बर्ष अगाडि

प्रतिक्रिया