कोरोना भाइरसका कारण ङादी ग्रुप पावर कम्पनीले यस अघि आहवान गरेको साधारण सभा स्थगित हुने भएको छ ।
नेपाल सरकारले मुलुक कोरोना भाइरस प्रकोपको उच्च जोखिम रहेको भन्दै भेला, सभा, सम्मलेन र औपचारिक कार्यक्रम नगर्न भनेकाले कम्पनीले साधारण सभा स्थगित गरेको हो ।
कम्पनीले आज एक सूचना जारी गर्दै अर्को सूचना नआएसम्मका लागि साधारणसभा स्थगित गरिएको जनाएको छ ।
यस अघि कम्पनीले १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सहित कम्पनीको साधारणसभामा बोलाएको थियो ।
प्रतिक्रिया