म्युचुअल फण्ड संचालन गर्ने प्रस्तावका साथ नेपाल इन्स्योरेन्स कम्पनीले डाक्यो साधारण सभा

६ बर्ष अगाडि

नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो वार्षिक उत्सव बोलाएको छ । 

कम्पनीले सामुहिक लगानी कोष योजना संचालन, बोनस वितरण लगायतका विषयमा छलफल गर्न उक्त सभा बोलाएको हो ।
 
यस अघि कम्पनीको सञ्चालक समितिको बैठकले आफ्ना लगानिकर्ताहरुलाई गत आर्थिक वर्षको मुनाफाबाट  ५ प्रतिशत बोनस शेयर र २.८९ प्रतिशत नगद लाभांश  वितरण गर्ने प्रस्ताव गरेको थियो ।

उक्त सभामा प्रबन्धपत्र र नियमावली संशोधन गर्ने, लेखापरीक्षकको नियुक्ति गर्ने, सामुहिक लगानी कोष योजना संचालन गर्ने गरि उदेश्य थप गर्ने लगायतका प्रस्ताव पनि पेश हुनेछन् । 

कम्पनीको साधारण सभा चैत्र २१ गते शुक्रबार बिहान ११ बजे सिनामंगल को एयरपोर्टको होटेलमा हुने छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया