नेपाल पुर्नबिमा कम्पनिले आईपीओ निष्काशनका लागि जारी गर्यो आह्वान पत्र

६ बर्ष अगाडि

नेपाल पुर्नबिमा कम्पनीले डेढ अर्बभन्दा बढीको आईपीओ चैत ४ गतेदेखि जारी गर्न लागेको छ ।जसअनुसार प्रतिकित्ता १०० कादरले कम्पनीले १ करोड ६० लाख कित्ता साधारण शेयर निष्कासित गर्ने छ । 

कम्पनिले शेयर निष्काशनका लागि आज शुक्रबार आह्वान पत्र जारी गर्दै सुचना प्रकाशित गरेको हो ।  


निष्काशन गर्न लागेको जम्मा शेयर मध्ये कम्पनिले ७३ हजार ५०० कित्ता कर्मचारीहरुलाई बाँडफाँड गरेको छ । त्यस्तै , सामुहिक लगानी कोषका लागि भने ८ लाख कित्ता शेयर छुट्याइएको छ । साथै,बाँकी  १ करोड ५१ लाख २६ हजार ५०० कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन सकिनेछ । 

शेयर खरिदका लागि न्यूनतम १० कित्ता देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। शेयर निष्काशन छिटोमा चैत ७ गते हुनेछ भने ढिलोमा चैत १८ गते  बन्द 
हुनेछ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेको सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। यस बाहेक मेरोशेयर सफ्टवेयरबाट पनि आवेदन दिन सकिनेछ।

निष्काशन गर्न लागेको आईपीओलाई क्रेडिट रेटिङ्ग एजेन्सी इक्रा नेपालले इक्रा एनपी आईपीओ ग्रेड २ रेटिङ्ग दिएको छ ।  

गत आर्थिक वर्षको अपरिष्कृत विवरण अनुसार कम्पनीले प्रतिशेयर नेटवर्थ १४८ रुपैयाँ ५६ पैसा , प्रतिशेयर आम्दानी १४ रुपैयाँ २ पैसा  कमाएको देखिन्छ , भने सो अवधिसम्ममा कम्पनीले १ अर्ब ६१ करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

त्यसैगरी, चालु आवको अन्त्यसम्ममा कम्पनीले १ अर्ब ८८ करोड २४ लाख रुपैयाँ खुद नाफा ,प्रतिशेयर नेटवर्थ १५३ रुपैयाँ ५८ पैसा र प्रतिशेयर आम्दानी ११ रुपैयाँ ९५ पैसा कमाउने आकँलन गरिएको छ।


 

६ बर्ष अगाडि

प्रतिक्रिया