काठमाडौं । अर्थ मन्त्रालय मातहतको कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यालयले सरकारी रकम तिर्न बाँकी रहेका १२३ व्यवसायीलाई ३५ दिनभित्र आफूले तिर्नुपर्ने रकम तिर्न आग्रह गरेको छ ।
कार्यालयले आज एक सार्वजनिक सूचना मार्फत रकम तिर्न आउन भनेको हो । रकम तिर्न बुझाउन बाँकी हुनेको लगत कायम गरी निजको नाम महालेखा नियन्त्रक कार्यालयको बेवसाइटमा राखी रकम बुझाउन आउन पटक पटक आग्रह गरिएको भएपनि उनीहरुले अटेर गरेको सूचनामा उल्लेख छ । सरकारी बाँकी हुने व्यक्तिको नाममा सम्बन्धित जिल्ला प्रहरी कार्यालय मार्फत पनि उपस्थित गराउन पत्राचार गरिएको सूचनामा जनाइएको छ ।
सूचना र अन्य प्रयासका बाबजूत पनि सरकारी बाँकी रकम हुनेहरुबाट यस कार्यालयमा बुझाउने काम नभएको पाइएकाले बाँध्य भएर निजहरुको तिनपुस्ते विवरण प्रकाशित गरिएको कार्यालयले जनाइएको छ । कार्यालयले ३५ दिन भित्र रकम तिर्न नआएको खण्डमा बुझाउनु पर्ने रकम उपलब्ध नभएका सरकारी बाँकी बक्यौता अनुसार कारवाही हुने समेत जनाइएको छ । कार्यालयले तिर्नुपर्ने रकमको बाँकी बक्यौता मात्रै नभई त्यसमा लाग्ने व्याज समेत तिर्न भनेको छ ।
प्रतिक्रिया