प्रधानमन्त्रीको स्वास्थमा सुधार

६ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा अपेक्षकृत सुधार देखिएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ । अस्पतालले बिहीबार अपरान्ह पत्रकार सम्मेलन गर्दै उनको प्रत्यारोपित मिर्गौलाले सामान्य रुपमा काम गर्न थालिसकेको जनाएको छ । 

अस्पतालका कार्यकारी निर्देशक प्राडा प्रेम कृष्ण खड्गाले ओलीको भिटल तथा ल्याब सूचकहरु सामान्य अवस्थामा रहेको जानकारी दिए । 

यस्तै उनलाई आजदेखि तरल र नरम आहार दिन सुरु गरिएको पनि खड्गाले जानकारी दिए । 
यस्तै प्रधानमन्त्रीलाई मिर्गौला दान दिने समीक्षा संग्रौलाको स्वास्थ्य स्थिति पनि स्थिर रहेको र उनलाई पनि प्रम ओलीलाई जस्तै तरल र नरम आहार दिन सुरु गरिएको अस्पतालले जनाएको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया