अन्तिम कारोबारका दिन घट्यो परिसुचक, २ अर्ब  बढीको कारोबार

६ बर्ष अगाडि

साताको अन्तिम कारोबारका दिन नेप्से परिसूचक ओरालो लागेको छ । 

आज कारोबारको सुरुवात बाटै ओरालो लागेको नेप्से अन्तिम समय सम्म आउदाँ परिसूचक ५.५० अंकले घटे्को हो ।

आज विहान ११ बजे १४४२.५५ को बिन्दुबाट कारोबार सुरु भएको थियो भने १४३५.७० को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । 

आज सेन्सेटीभ परिसूचक पनि १.१५ अंकले ओरालो लागेको छ ।

आज कारोबारमा आएका १२ उपसमूह मध्य ५ उपसमूह मात्र बढे्का छन् ।

 त्यस्तै आज कारोबार भएका १७९ कम्पनीको ५९ लाख ४० हजार कित्ता शेयर खरिद बिक्री हुदाँ २ अर्ब ४५ लाख ७० हजार  बराबरको कारोबार भएको छ । 

त्यस्तै आज  सबै भन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडले ३७ करोड ८७ लाख बराबरको कारोबार गरेको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया