अब बाणिज्य बैंकहरूले सुन पनि निक्षेपमा राख्न सक्ने, यस्तो आयो निर्देशन

६ बर्ष अगाडि

काठमाडौं – अब बाणिज्य बैंकहरुले नेपाली नागरिकसँग भएको सुन पनि निक्षेपमा राख्न पाउने भएका छन् । नेपाल राष्ष्ट्र बैंकले बिहीबार एकिकृत निर्देशन २०७६ संसोधन गर्दै यस्तो व्यवस्था गरेको हो । 
बैंकहरुले सुन निक्षेप लिनका लागि नीति तथा विस्तृत कार्यविधि बनाई सञ्चालक समितबाट पारित गराई लागू गर्नुपर्ने छ । साथै, सुन निक्षेप स्वीकार्ने भएमा यस राष्ट्र बैंकमा सो निर्णय भएको सात दिन भित्र जानकारी गराउनु पर्ने छ ।
सुन निक्षेप लिँदा निक्षेपकर्ताबाट उपलब्ध हुने सुनको शुद्धता तथा तौलको जाँच गर्ने सयन्त्रको स्थापना गरि कम्तीमा ९९५ फिटनेशको सुन मात्र लिनुपर्ने बताइएको छ । 
बाणिज्य बैंकहरुले निक्षेपमा ल्याएको सुनलाई ढुकुटीमा दाखिला गरि शुद्धता तथा तौलको आधारमा अलग गरि सुरक्षित तवरले ढकुटी भित्र राख्ने व्यवस्था गर्नुपर्ने छ । ढुकुटी सुरक्षका लागि सिसिटिभी क्यामरा, स्ट्रग रुम, दोहोरो चावी लगायतका आवश्यक प्रवन्ध मिलाउनुपर्ने राष्ट्र बैंकको भनाइ छ । 
बैंकहरूले न्यूनतम २५ ग्रामलाई निक्षेपको रुपमा राख्न सक्नेछन् । र, ग्राहकलाई आवश्यक प्रक्रिया पुरा गरेर प्रमाणपत्र दिनुपर्ने छ । साथै, बैंकले त्यतिबेलानै आफुले जम्मा गरेको सावाँ सुन तथा व्याज सुनमै फिर्ता लिने वा नगद लिने सोको यकिन गराउनुपर्ने छ । 
साथै, निक्षेप अवधी पनि तोक्नुपर्ने निर्देशनमा उल्लेख छ । कम्तीमा ३ बर्षदेखि ५ बर्षसम्मका लागि सुन निक्षेप राख्न सकिने छ । यद्यपि, त्यसमा नविकरणको व्यवस्था पनि गरिएको छ ।
प्रमाणपत्रमा सुनको साँवा परिमाण, शुद्धता, व्याजदर लगायतका विरण उल्लेख गर्नुपर्ने छ ।  निक्षेपमा आउने सुनलाई बैंकले आफ्नो नीतिअनुसा आवश्यक जोखिम व्यवस्थापन गरि व्यवसायीलार्य बेच्न वा ढुकुटीमा राख्ने बिषयमा निर्णय लिन सक्ने छ । 
सुन निक्षेप राख्ने बैंकको ढुकुटीमा रहेको सुनलाई राष्ट्र बैंकको निर्देशन बमोजिम कायम गर्नुपर्ने सिआरआर तथा एसएसलआर गणना गर्न सकिने छ । सिआरआरको अधिकतम २५ प्रतिशतसम्म मात्र सुन निक्षेपको रुपमा गणना गर्न सकिने छ ।
यस्तै, १० लाख भन्दा बढी मुल्य पर्ने सुनको स्रोत अविार्य रुपमा खुलाउनुपर्ने बताइएको छ । सुन निक्षेप प्रमाणपत्र सोही बैंकमा धितो राखी त्यसको ७० प्रतिशतसम्म कर्जा पाउने सकिने व्यवस्था पनि गरिएको छ । 


 

६ बर्ष अगाडि

प्रतिक्रिया