आज नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक कारोबारको तेस्रो घण्टामा ४.२२ अंकले ओरालो लागेको छ ।
कारोबार सुरु भएसगैँ ओरालो यात्रा तय गरेको नेप्से परीसूचक तेस्रोे घण्टाको अन्तिमसमय सम्म आउदाँ ४ अंकले ओरालो लागेको हो ।
आज १४४२.५५ को बिन्दुबाट सुरु भएको कारोबार ३ घण्टाको अवधीमा १४२६.८९ को बिन्दुमा झरेको छ ।
आज ११ बजे १४४२.५५ को विन्दुबाट शेयर कारोबार सुरु भएको थियो भने २ बजेसम्म आउँदा त्यो परिसुचक ०.२९ प्रतिशतले घटेको छ ।
त्यस्तै, आज अहिलो सम्म कारोबारमा आएका १२ उपसमूह मध्य ६ उपसमुह बढेका छन् ।
अहिले कारोबार भईरहेका १७४ कम्पनीको ४३ लाख २३ हजार कित्ता शेयर खरिद विक्री हुदाँ १ अर्ब ९१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज कारोबार भएका सबै कम्पनीहरु मध्ये नेपाल लाइफ इन्स्योरेन्सले १२ सय ५२ कित्ता शेयर बिक्रि गर्दै ३३ करोड ५१ लाख बराबरको कारोबार गरेर उच्च स्थानमा छ
।
प्रतिक्रिया