छिट्टै दावी भुक्तानी पाउने गरि बीमा समितिले ल्यायो नयाँ मार्गदर्शन, कति दिनमा पाइले भुक्तानी ?

६ बर्ष अगाडि

काठमाडौं

रूवी पराजुली

बीमा समितिले दावी भुक्तानी सम्बन्धी मार्गदर्शन, २०७६ जारी गरेको छ । समितिले बुधबार साँझ उक्त मार्गदर्शन जारी गर्दै दावी सम्बन्धी प्रक्रियालाई छिटो, छरितो र सरल बनाएका छ । समितिले जीवन बीमा र निर्जीवन बीमा कम्पनीका लागि छुट्टा छुट्टै दावी प्रक्रिया बनउँदै उक्त मार्गदर्शन जारी गरेको हो । बीमा कम्पनीहरूले अब उक्त मार्गदर्शनमा आधारमा छुट्टा छुट्टै कार्यविधी बनाउनपर्ने समितिको निर्देशन छ । 
जीवन बीमा तर्फ 
जीवन बीमा मृत्यु दावी भुत्तानी गर्दा बीमितको इच्छाएको व्यक्तिले कम्पनीमा आवेदन दिनुपर्ने हुन्छ । त्यसपछि कम्पनीले आवश्यक छानविन गरेर थप कागजपत्र पनि जुटाउनुपर्ने छ । त्यस्ता कागजातहरू प्राप्त भएको मितिले १५ दिन भित्र दायित्व निर्धारण गरि दावी भुक्तानी लिन आउनको लागि निवेदनकको नाममा दावी पछर्यौट पुर्जा जारी गर्नुपर्ने छ । 
उक्त पुर्जामा निवेदकले सहीछाप गरेकोको १५ दिन भित्र कम्पनीले भुक्तानी दिनुपर्ने व्यवस्था गरिएको छ । यद, बीमा भुत्तानी दिनुपर्ने नभएमा कम्पनीले कारण सहित निवेदकलाई लिखित जानकारी दिनुपर्ने मार्गदर्शनममा उल्लेख छ । त्यो कारण चित्त नबुझेमा बीमित पक्षले ३५ दिन भित्र बीमा समितिमा उजुरी गर्न सक्ने व्यवस्था पनि गरिएको छ । 
परिपक्क भएको बीमालेख दावी भुक्तानी गर्दा भने कम्पनीले बीमालेखको अवधी सकिएको १५ दिन भित्र सम्बन्धीत बीमितलाई आवश्यक काजपत्र लिएर भुक्तानी लिन आउने सुचना दिनुपर्छ । साथै, बीमितले निवेदन दिएको ७ दिन भित्र दावी भुक्तानी दिनुपर्ने व्यवस्था छ । 

निर्जीवन बीमा तर्फ 
निर्जीवन बीमा कम्पनीले दावी भुक्तानीको निवदेन आउन साथ आवश्यक जाँचपुबुँझ प्रारम्भ गर्नुपर्ने छ । साथै, सर्भेयर राख्नुपर्ने भए तत्काल बीमितको नाम, ठेगना र दावीको विवरण सहित लिखित रुपमा सर्भेयर नियुत्त गर्नुपर्ने छ । कम्पनीले सर्भेयर नियुक्ती गरेको जानकारी र सर्भेयरको विवरण बीमितलाई पनि दिुनपर्ने छ । 
सर्भेयरले १५ दिनभित्र बीमालेखको शर्त तथा सुविधाको अधिनमा रही बीमितले पाउने सक्ने रकम लगायतका विवरण सहितको प्रतिवेदन कम्पनीमा पेश गर्नुपर्ने हुन्छ । बीमितले प्रतिवेदन पेश गरेको २१ दिन भित्र भुक्तानी दिनुपर्ने बताइएको छ । भुक्तानी दिनुपर्ने नदेखिएमा बीमितलाई लिखत जानकारी दिनुपर्छ । कम्पनीको प्रतिक्रिया चित्त नबुझेमा कम्पनीले बीमितले बीमा समितिमा उजुरी दिन सक्नेछन् । 
बैंक मार्फत भुक्तानी गर्नुपर्ने 
बीमा कम्पनीले कुनै पनि किसिमको दावी भुक्तानी बैंक मार्फत नै गर्नुपर्ने मार्गदर्शनमा उल्लेख गरिएको छ । बीमित वा हकवाला बैंक खातामा बैंक मार्फत नै भुक्तानी गर्नुपर्ने बताइएको छ । यसका अलवा एकाउण्ट पेयी चेक मार्फत पनि भुक्तानी गर्न सकिने बताएको छ । 
यसका अलावा कम्पनीले कार्यविधी मार्फत साना–साना दावी भुक्तानी सम्बन्धी व्यवस्था गर्नुपर्ने मार्गदर्शनमा उल्लेख छ । साथै, कम्पनीले दावी भुक्तानीका लागि छुट्टै बिभाग स्थापना गर्नुपर्ने पनि मार्गदर्शनमा उल्लेख छ । बीमितले नयाँ व्यवस्थाअनुसार दावी गर्दा पहिले भन्दा छिटो र छरितो रुपमा भुक्तानी पाउने समितिको भनाइ छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया