नेपाल इन्स्योरेन्स लिमिटेडले ७१ औँ वार्षिक साधारण सभा बोलाएको छ ।
कम्पनीले गत आवको मुनाफाबाट ५ प्रतिशतका दरले बोनस शेयर र बोनस शेयरमा लाग्ने कर सहित २.८९ प्रतिशत नगद लाभांश वितरण गर्ने साधारण सभा बोलाएको हो ।
कम्पनीको साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ चैत ४ गतेदेखि २१ गतेसम्म शेयर दाखिला, खारेज बन्द गर्नेछ।
चैत्र ३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सभामा भाग लिन तथा लाभांश पाउन सक्नेछन ।
५ प्रतिशत बोनस वितरण पश्चात १ अर्ब १५ करोड ३ लाख १३ हजार रुपैयाँ पुग्नेछ ।
कम्पनीको साधारण सभा चैत २१ गते एयरपोर्ट होटल, सिनामङ्गलमा बिहान ११ बजे हुनेछ ।
प्रतिक्रिया