जापानमा शक्तिशाली आँधी आउने चेतावनी

७ बर्ष अगाडि

जापानमा आइतबार शक्तिशाली आँधी आउने चेतावनी दिइएको छ । आँधीपछि बाढी पहिरो पनि आउने अधिकारीहरुले बताएका छन् । 
जेबी नामक आँधी प्रतिघण्टा झण्डै २५२ किलोमिटरका दरले जापानको भित्री भूभागतर्फ लम्किरहेको समाचारमा जनाइएको छ । 
“निकै शक्तिशाली आँधी आउने अनुमान गरिएको छ, आँधीले जापानको पश्चिमी र पूर्वी क्षेत्रमा प्रभाव पार्ने देखिन्छ,” जल तथा मौसम पूर्वानुमान विभागका एक अधिकारीले बताए । 
आँधी आउने अनुमान गरिएको पश्चिमी चुगुकु क्षेत्रमा गत जुलाईमा पनि ठूलो बाढी पहिरो आएर झण्डै २२० जनाको मृत्यु भएको थियो । त्यस घटनालाई यस दशककै सबैभन्दा नराम्रो प्राकृतिक प्रकोप मानिएको छ । 
आँधी आउने क्षेत्रमा रहेकामध्ये २७ हजार नागरिकलाई अस्थायी स्थानान्तरण गर्न शनिबार नै निर्देशन दिइएको थियो । 
जापानमा अहिले आँधी आउने मौसम चलिरहेको छ । त्यसैले बेला बेलामा आँधी, बर्षा र बाढी पहिरो आइरहेको छ । 
––– 

७ बर्ष अगाडि

प्रतिक्रिया