सेञ्चुरी कमर्शियल बैंकको साधारण सभा

६ बर्ष अगाडि

सेञ्चुरी कमर्शियल बैंकले नवौ साधारण सभा आह्वान गरेको छ ।

कम्पनीले गत आवको  आम्दानीबाट  २ प्रतिशत बोनस र कर सहित ४.७५ प्रतिशत नगद गरी कुल ६.७५ प्रतिशत लाभांश वितरण गर्ने  साधारण सभा आह्वान गरेको हो ।

यस्तै,यस अनुसार बैंकले १६ करोड ८३ लाख बोनस र ३९ करोड ९७ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रताव गर्नैछ ।

२ प्रतिशत बोनस शेयर वितरणपश्चात कम्पनीको चुक्ता पूँजी ८ अर्ब ५८ करोड रुपैयाँ पुग्नेछ।

कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनको लागी फागनु ३० गतेदेखि बन्द गर्नै भएकाले फागुन २९ गते सम्म कायम शेयरधनीहरुले मात्र लाभांश र सभामा भाग लिन सक्नेछन।

कम्पनीको साधारण सभा चैत्र १४ गते शुक्रवार आर्मी अफिसर्स क्लब भद्रकालीमा विहान  ११ बजे हुनेछ ।

६ बर्ष अगाडि

प्रतिक्रिया