महिला विकास बैंकले सातौँ वार्षिक साधारण सभा बोलाएको छ ।
कम्पनीले गत आवको मुनाफाबाट चुक्ता पुजीको १० प्रतिशत बोनस शेयर र ७.५ प्रतिशत नगद लाभांश वितरण गर्र्नै साधारण सभा बोलाएको हो ।
सभाले कम्पनीलाई मर्जरमा लैजान सम्बन्धी काम गर्न संचालक समितीलाई अख्तियारी दिने निर्णय गरेको छ । साथै प्रबन्धपत्रमा रेमिटान्स् कारोबार गर्ने व्यवस्था राख्ने प्रस्ताव पनि सभाले पारित गरेको छ ।
कम्पनीले साधारण सभा प्रयोजनार्थ लघुवित्तले चैत्र ४ गते शेयर दाखिला खारेज दर्ता बन्द गर्नै छ ।
चैत्र ३ गते सम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले सभामा भाग लिन तथा लाभांश पाउन सक्नेछन ।
१० प्रतिशत बोनस वितरण पश्चात कम्पनीको चुक्ता पुजी १३ करोड ३१ लाख रुपैया पुग्नेछ ।
कम्पनीको साधारण सभा चैत्र २२ गते शनिवार ओम अध्याय रीट्रिट रिर्साैट,बज्रबाराही मकवानपुरमा बिहान ११ बजे हुनेछ ।
प्रतिक्रिया