विद्युत् प्राधिकरणले आज किन काट्दैछ ललितपुरमा विद्युत

६ बर्ष अगाडि

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ललितपुरका विभिन्न स्थानमा बिहिबार विद्युत् कटौती गर्ने भएको छ ।

प्राधिकरणका अनुसार पुल्चोक वितरण केन्द्रको पाटन फर्पि‍ग‌ं  फिडरबाट वितरीत ११ के भी  लाइन सुधार गर्नुपर्ने भएकाले बिहिबार विद्युत् काटिएको हो ।

प्राधिकरणले बिहिबार , शुक्रबार र शनिबार विहान १० जेदेखि साँचm ६ बजेस्म्म विद्युत् काट्ने तयारी गरेको छ ।

प्राधिकरणले फर्सीडोल ,डुकुछाप, दनुवार वस्ती, जोर्खु, घुसेल, खोलाखेत एरिया लगायत यस फिडरबाट सप्लाइ लिएका  क्षेत्रहरुका विद्युत् काटने लागेको छ ।

प्राधिकरणले विद्युत् कटौती हुँदा ग्राहकवर्गमा पर्न गएको असुविधा प्रति क्षमा समेत मागेको छ ।

तोकिएको कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारी समेत प्राधिकरणले दिएको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया