सिटिजन्सको साधारण सभा, यस्ता छन विशेष प्रस्तावहरु

६ बर्ष अगाडि

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले साधारण सभा आह्वान गरेको छ ।

कम्पनीले सहयोगी विकास बैंकलाई प्राप्ती गर्ने प्रस्तावलाई अन्तिम स्वीकृती दिन  विशेष साधारण सभा आह्वान गरेको हो ।

उक्त साधारण सभामा १ बराबर ०.९१७५ कित्ता शेयर दिने गरी सहयोगी विकास बैंकलाई प्राप्ती गर्नै प्रबन्धपत्र संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गरीनेछ ।
उक्त साधारण सभा प्रयोजनार्थ बैंकले चैत ३ गते  बुकक्लोज गर्नेछ। 
  
कम्पनीको साधारण सभा चैत्र १० गते हमृतभोग कालिकास्थानमा दिउँसो १ बजे साधारण सभा हुनेछ ।

६ बर्ष अगाडि

प्रतिक्रिया