आजदेखि ​एनएलजी इन्स्योरेन्सको ६० प्रतिशत हकप्रद शेयर आवेदन खुला

६ बर्ष अगाडि

एनएलजी इन्स्योरेन्स कम्पनीको ६० प्रतिशत हकप्रद सेयरको बिक्री खुल्ला गरेको छ ।

लगानीहर्ताहरुले एनएलजी इन्स्योरेन्स कम्पनी हकप्रद शेयरका लागि आजदेखि चैत्र १२ गते सम्म आवेदन दिन सक्नेछन ।

माघ २६ गते सम्म कायम शेयरधनीले आफु सगँ भएको शेयर सख्याको ५० प्रतिशत शेयरका लागि आवेदन दिन सक्नेछन।

कम्पनीले एक सय रुपैयाँ अंकित दरले  ८ करोड ४२ लाख ४३ हजार ७५० रुपैयाँ बराबरको ३८ लाख ४२ हजार ४३७ दशमलव ५० कित्ता हकप्रद  सेयर निस्कासन गरेको हो ।

कम्पनीको  शेयर बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल रहेको छ।

 लगानीकर्ताले बिक्री प्रबन्धकमा नयाँ बानेश्वर, एनएलजी इन्स्योरेन्सका शाखा कार्यालय, लक्ष्मी बैंकका विभिन्न शाखा कार्यालय र धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरो शेयर सफ्टवेयर मार्फत पनि आवेदन दिन सकिने बैकंले जनाएको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया