अबदेखि निर्जीवन बीमाको भुक्तानी २१ दिनमै, जाँचबुझका लागि तुरुन्त सर्भेयर खटाउनुपर्ने

६ बर्ष अगाडि

अबदेखि निर्जीवन बीमा कम्पनीहरुले बीमितले निवेदन दिएपछि तुरुन्तै जाँचबुझका लागि सर्भेयर खटाउनुपर्ने भएको छ । 

राष्ट्रिय बीमा समितिले बुधबार ‘बीमा दाबी भुक्तानी मार्गदर्शन, २०७६’ जारै गर्दै यस्तो प्रावधान ल्याएको हो । 

मार्गदर्शनमा निर्जीवन बीमाको दाबी भुक्तानीको निमित्त बीमितको निवेदन प्राप्त भएमा बीमकले जाँचबुझ गर्न आवश्यक परेमा तुरुन्त सर्भेयर खटाउन सक्ने व्यवस्था गरेको छ। 

जाँचबुझका लागि खटेको सर्भेयरले पन्ध्र दिनभित्र बीमकको दायित्वको निर्धारण गरी त्यसको विस्तृत विवरण सहितको प्रतिवेदन बीमक समक्ष पेश गर्नुपर्ने छ । 

बीमा प्रदायक संस्था (बीमक) ले सर्भेयरले प्रतिबेदन पेश गरेको २१ दिनभित्र दायित्व ठहर गरी बीमितिलाई निर्जीवन बीमाको दाबी भुक्तानी गर्नुपर्ने मार्गदर्शनले व्यवस्था गरेको छ ।

मार्गदर्शनमा बीमालेखमा समाविष्ट जोखिमबाट हानी नोक्सानी भई स्थापित भएमा, न्यूनतम दायित्व बीमालेखबाट आउछ भन्ने यकिन भएका बीमकले आंशिक भुक्तानी दिन सकिने व्यवस्था समेत गरिएको छ । 

नोक्सानीको पुरै वा नोक्सानीको कुनै भाग तेश्रो पक्षवाट भराउनु पर्ने भएमा दावी भुक्तानी वा दावी फछर्यौट गर्नु अगाडि बीमितले अन्य पक्षवाट असुल उपर गरी लिन पाउने अधिकार वा हस्तान्तरण वा कानूनी कारवाहीमा जानु पर्ने भएमा कानुनी अख्तियारनामा लिनु पर्ने समेत व्यवस्था मार्गदर्शनमा गरिएको छ । 

किस्ता भुक्तान गरेको मितिले पन्ध्र दिनभित्र त्यस्तो जीवन बीमाको दाबी भुक्तानी गर्नको लागि चाहिने बीमालेख  कागजातहरू समेत संलग्न राखी दाबी भुक्तानी लिन आउनको निमित्त सूचना जारी गर्नुपर्नेछ । 

यस्तै बीमितले जीवन बीमाको दाबी भुक्तानीको निमित्त बीमालेख तथा अन्य कागजातहरू बीमक समक्ष पेश गरेमा बीमकले आवश्यक जाँचबुझ गरी सात दिनभित्र जीवन बीमाको दाबी भुक्तानी दिनुपर्न व्यवस्था

६ बर्ष अगाडि

प्रतिक्रिया