जीवन बीमाको दावी १५ दिनभित्र, ७ दिनमा भुक्तानी

६ बर्ष अगाडि

जीवन बीमाको दावी १५ दिनभित्र र भुक्तानी ७ दिनभित्र गर्नुपर्नेगरी नयाँ नियम आएको छ । 

राष्ट्रिय बीमा समितिको दावी भुक्तानीलाई छिटो, छरितो तथा पारादर्शी बनाउन जारी गरेको ‘बीमा दाबी भुक्तानी मार्गदर्शन, २०७६’मा यस्तो प्रावधान ल्याइएको हो । 

मार्गदर्शन अनुसार बीमकले जीवन बीमाको शुल्कको अन्तिम किस्ता भुक्तान गरिसकेका बीमितको नाममा किस्ता भुक्तान गरेको मितिले पन्ध्र दिनभित्र त्यस्तो जीवन बीमाको दाबी भुक्तानी गर्नको लागि चाहिने बीमालेख  कागजातहरू समेत संलग्न राखी दाबी भुक्तानी लिन आउनको निमित्त सूचना जारी गर्नुपर्नेछ।

यस्तै बीमितले जीवन बीमाको दाबी भुक्तानीको निमित्त बीमालेख तथा अन्य कागजातहरू बीमकसमक्ष पेश गरेमा बीमकले आवश्यक जाँचबुझ गरी सात दिनभित्र जीवन बीमाको दाबी भुक्तानी दिनुपर्न व्यवस्था छ ।

यस्तै बीमालेख अन्तर्गत दावी भुक्तानी गर्दा बीमित वा हकवालाको बैंक खातामा बैंक मार्फत वा एकाउण्ट पेयी चेक मार्फत भुक्तानी गर्नु पर्ने व्यवस्था छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया