प्रदेश भित्रको श्रोत साधनलाई समुचित प्रयोग गरी प्रदेश र देशलाई समृद्ध बनाउन प्रदेश नं। २ का प्रमुख रत्नेश्वरलाल कायस्थले प्रदेश सरकारलाई सुझाव दिनुभएको छ ।
कृष्ण जन्माष्ठमीको अवसर पारेर ब्रहमाकुमारी राजयोग सेवाकेन्द्रद्धारा जनकपुरधाममा गरिएको प्रवचन कार्यक्रमको उद्धघाटन गर्दै प्रदेश प्रमुख कायस्थले सो कुरा बताउनुभएको हो । साथै उहाँले समाजमा सदभाव कायम राख्न भगवान श्रीकृष्णले अनुकरणीय कार्य गरी जनमानसमा समाज विकास र उत्थानका लागि पाठ सिकाएको समेत बताउनुभयो ।
त्यस्तै, कार्यक्रममा आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले सम्पुर्ण जिवन जनकल्याणमा योगदान दिने व्यक्ति नै महापुरुष हुन्छ भन्दै श्रीकृष्णले अधर्म र अन्यायका लागि लडेर सन्देश दिन खोज्नुभएको बताएका छन ।
यस्तै, प्रदेश साँसद रामअशिष यादवले जानकी र बुद्धको जन्मभुमि र सर्वोच्च शिखर सगरमाथा नेपालमा रहेकोले नेपालीले यसमा गर्व गर्नुपर्ने बताए । त्यस्तै नारीलाई सम्मान दिए मात्र देश र समाज समृद्ध हुने उहाँको भनाई थियो ।
झाँकी सहितको उक्त कार्यक्रममा ब्रहमाकुमारी राजयोग सेवा केन्द्र जनकपुर र सगरमाथाका प्रमुख सृजना दिदि, प्रदेश प्रमुख कायस्थ, आन्तरिक मामिला तथा कानुनमन्त्री यादब, प्रदेश साँसद रामअशिष यादव, पुर्व मेयर बजरँग साह, पुर्व सिडियो राम रतन मिश्र, विजय दत्त सहितको सहभागिता रहेको थियो ।
प्रतिक्रिया