प्रधानमन्त्रीलाई आईसीयूमा सारियो, स्वास्थ स्थिर

६ बर्ष अगाडि

दोश्रो पटकको मृगौला प्रत्यारोपणपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई आईसीयूमा सारिएको छ । 

त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा मृगौलाको प्रत्यारोपण सफल भएपछि चिकित्सकहरुले आईसीयूमा सारेका हुन् । 

अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्काले मृगौला प्रत्यारोपण गरेको १५ मिनेटमै पिसाब छान्ने काम गरेकोले नयाँ मिर्गौला काम गर्न थालेको पनि बताए ।

यसअघि २०६४ साउनमा भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको ओलीको दोश्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको हो ।  

पहलिाको मृगौलाले राम्रोसँग काम नगरेपछि कात्तिकबाट नियमित डायलासिस गर्न थालिएको थियो । 

यता, प्रधानमन्त्रीलाई मिर्गौला दान गर्ने भान्जी समीक्षा संग्रौलाको पनि स्वास्थ्य राम्रो भएको चिकित्सकहरुले बताएका छन् ।

प्रत्यारोपणको शल्यचिकित्सा टोलीमा प्रा. डा. उत्तमकुमार शर्मा, प्रा. डा. प्रेम ज्ञवाली, प्रा. डा. अनन्तकुमार लगायतको टोली संलग्न थियो ।

यस्तै चिकित्सा टोलीमा डा. दिव्या सिंह साह, डा. महेश सिग्देल, डा. मुकुन्द काफ्ले, डा. रविन नेपाली लगायतको टोली थियो ।

एनेस्थेसिया तथा क्रिटिकल केयरतर्फ डा. अनिल श्रेष्ठ, प्र. डा. सुवास आचार्य लगायतका टोलीको सहभागिता रहेको असपतालले जनाएको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया