टुबोर्ग सेसन्स् सिजन २ मा प्रस्तुत गरे शिव परियारले लाइभ रेकर्डेड प्रस्तुति

५ बर्ष अगाडि

प्रसिद्ध गायक शिव परियारको निकै लोकप्रिय गीत ‘क्या दामी भो’ टुबोर्ग ओपन सेसन्स् सिजन २ मा सार्वजनिक भएको छ । 

टुबोर्ग र च्यानल आरबिट्ररीद्वारा सञ्चालित टुबोर्ग ओपन सेसन्स् एक युट्युब श्रृंखला हो । जसमा विभिन्न लोकप्रिय कलाकारहरुले लाईभ रेकर्डेड् प्रस्तुतिहरु पेश गर्छन् ।


‘क्या दामी भो’ परियारको निकै नै रुचाईएको गीत हो । परियारले टुबोर्ग ओपन सेसन्स्को मञ्चमा यस गीतलाई नयाँ स्पर्शका साथ प्रस्तुत गरेका छन् । 

उक्त गीत २०११ म सार्वजनिक भए लगतै नेपाली संगीत बजारमा निकै सफलपुर्वक हिट भएको थियो । टुबोर्ग ओपन सेसन्स्मा यस गीतको संगीत निर्माता र एरेन्जरको रुपमा रोहित शाक्य रहेका छन् ।


टुबोर्ग ओपन सेसन्स् २ डिजिटल प्ल्याटफर्मले कलाकारहरुको रचनात्मकता र सांगीतिक सहकार्य मार्पmत पुराना र हालका लोकप्रिय गीतहरुको बढवा गर्दछ । 

नेपाली संगीत उद्योगको विविधतालाई अँगाल्ने र परम्परागत साँगीतिक आधारहरुलाई सम्मान गर्ने यस सेसनको लक्ष्य रहेको छ । 

टुबोर्ग ओपन सेसन्स् सिजन १ मा ५१ वटा गीतहरु च्यानल आरबिट्ररी मार्पmत युट्युबमा अपलोड गरिएको थियो जसले १ करोड भन्दा बढी भ्युज संकलन गरेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया