नेप्से परिसूचक ओरालो, कारोबार २ अर्ब बढी

६ बर्ष अगाडि

आज नेपाल स्टक एक्सचेन्ज नेप्से परिसुचक कारोबार ४.५४ प्रतिशतले घटेकाे छ । 

१५०९.६७ को बिन्दुबाट शुरु भएको बुधबारकाे कारोबार ६८.४७  अंकले घटेर १४४१.२० बिन्दुमा पुगेको हाे । 

उता सेन्सेटिभ परिसूचक पनि १५.१७ अंकले ओरालो लागेको छ ।  

नेप्सेसँगै यस दिन कारोबार रकममा पनि कमी आएको छ। आज कारोबारमा आएका १७४ कम्पनीका ६७ लाख ७१ हजार कित्ता शेयर किनबेच हुदाँ २ अर्ब ९० करोड ८४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

नेप्सेका अनुसार कारोबार भएका कूल १२ उपसमूहमा सबै  उपसमूहहरु ओरालो लागेका छन ।

बुधबार नेपाल लाइफ इन्स्योरेन्सले २६ करोड ६६ लाखबढीकाे काराेबार गर्दै सबैभन्दा धेरै काराेबार गर्ने कम्पनीकाे सूचिमा दर्ज भयाे । उसकाे  १२ सय ५० कित्ता शेयर बिक्रि भएकाे थियाे । 

त्यसपछि एनएमबी बैंकले १३ करोड ८९ लाख, हिमालयन डिस्टीलरीले १३ करोड २२ लाख, एनआइसी एशिया बैंकले १३ करोड १ लाख , गुराँस लाइफ इन्स्योरेन्सले १० करोड ६ लाख, नवील बैंकले ९ करोड १६ लाख, ग्लोबल आइएमई बैंकले ७ करोड ५४ लाख, प्रभू बैंकले ७  करोड ३ लाख, नेपाल बैंकले ६ करोड ६४ लाख र शिवम सिमेन्टले ६ करोड ५३ लाख बढीको कारोबार गरे । 

यो दिन बजारमा ९ वटा कम्पनीको सेयरमूल्य मात्र बढ्यो । सामुदायिक लघुवित्तको सेयरमूल्य ५.१७ प्रतिशतले बढ्यो । यस्तै, रिलायन्स फाइनान्सका लगानीकर्ताको सम्पत्ति समेत ५.०४ प्रतिशत बढ्यो । 

यो दिन माइक्रोफाइनान्स कम्पनीहरुको सेयर मूल्यमा भीषण पहिरो गयो । ११ वटा माइक्रोफाइनान्स कम्पनीको सेयरमूल्यमा नेगेटिभ सर्किट लाग्यो । नेशनल माइक्रोफाइनान्स, नेपाल सेवा लघुवित्त, स्वदेशी लघुवित्त र कालिका माइक्रोक्रेडिटको सेयर मूल्य १० प्रतिशतले घट्यो ।  

यस्तै, स्पर्श लघुवित्त, सिभिल लघुवित्त, फरवार्ड माइक्रोफाइनान्स, घोडीघोडा लघुवित्त, जनउत्थान सामुदायिक लघुवित्त, फ्रस्ट माइक्रोफाइनान्स र गणपति माइक्रोफाइनान्सको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा घट्यो । यो दिन प्राय सबै माइक्रोफाइनान्सका लगानीकर्ताले अत्यासलाग्दो गिरावटको सामाना गर्नुपर्यो । 

आज बैंकिङ समूह ६०.९७ अंक, व्यापार समूह २.९७, होटल समूहमा ८०.०४ अंक, विकास बैंक ७२.१४ अंक, जलविद्युत समूह २९.९६ अंक, वित्त समूह १४.१, निर्जीवन बिमा समूह ७०६.९५ अंक, उत्पादन तथा प्रशोधन समूह ८८.६७ अंक, अन्य समूह २८.५ अंक, जीवन बिमा समूह ४५६.९६ अंक र म्युचुअल फण्ड समूहको उपसूचक ०.१२ अंकले घटे ।

यस दिन पनि लघुवित्त कम्पनीहरुकै शेयरमूल्य सर्वाधिक घटेको छ। सर्वाधिक शेयरमूल्य घट्ने १० कम्पनीहरुको सूचीमा यस दिन पनि सबै लघुवित्त कम्पनीहरु नै परेका छन्।

सोमध्ये ९ कम्पनीहरुको शेयरमूल्यमा यस दिन नकारात्मक सर्किट लागेको छ। नेशनल माइक्रोफाइनान्स, नेपाल सेवा, स्वदेशी, कालिका, स्पर्श, सिभिल, फरवार्ड, घोडीघोडा र फस्ट माइक्रोफाइनान्सको शेयरमूल्यमा यस दिन नकारात्मक सर्किट लागेको हो। 


 

६ बर्ष अगाडि

प्रतिक्रिया