सरकारले कृषि विकास बैंक अध्यक्षमा लक्ष्मीप्रपन्न निरौलालाई नियुक्त गरेको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार बिहान अर्थमन्त्री स्तरीय निर्णयबाट सञ्चालक नियुक्त गरेका निरौलालाई बैंक सञ्चालक समिति बैठकले अध्यक्ष चयन गरेको हो।
निरौलाले राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिनबी नेपालबाट पद तथा गोपनियताको सपथ लिएका छन्।
निरौला नेपाल राष्ट्र बैंकको मुद्रा ब्यवस्थापन विभागका पूर्व कार्यकारी निर्देशक हुन् । उनी राष्ट्रबैंकको प्रवक्ता समेत भएर काम गरेका थिए ।
राष्ट्रबैंकमा रहँदा समस्यामा गएका बेला नेपाल बंगलादेश बैंक र नेपाल क्रेडिट एण्ड कमर्स बैंकको पनि ब्यवस्थापन हेरेका निरौलासँग राष्ट्र बैंकको बैंक सुपरिवेक्षण, नियमन विभागको अनुभव छ।
प्रतिक्रिया