एन आई सी एसिया बैंकले बिद्यालयलाई आर्थिक सहयोग गरेको छ ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बिद्याँलयलाई आर्थिक सहयोग गरेको हो।
बैंकले सिन्धुली जिल्लाको सुनकोशी गाउपालिका वडा नम्वर १ मा रहेको श्री देविस्थान माध्यामिक विद्यालयलाई आवश्यक फर्निचर साम्रागि खरिदका लागि नगद ३ लाख रुपैया सहयोग गरेको हा े।
बैकंका प्रमुख कार्यकारी अधिकृत श्री रोशन कुमार न्यौपानेले बिद्यालयका प्रधानाध्यापक नारायण नेपाललाई रकम चेक हस्ताणतरण गरेका थिए ।
बैकंको उक्त सहयोगले बिद्यालयमा अध्ययनरत ४ सय ७६ बिद्यार्थीहरु लाभान्वित हुने साथै विद्यालयको डेक्स, बेन्च लगायत आवश्यक शैक्षिक पूर्वाधारमा टेवा पुग्ने बैकंले विश्वास लिएको छ ।
हाल सम्म बैंकको मुलुकभर ३१९ शाखा कार्यालयहरू, ४५२ एटिएम, १०७ वटा एक्स्टेन्सन काउण्टर एवं ५७ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
उत्तरदायी बंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब ३ अर्ब १५ करोड रुपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाइसकेको जनाएको छ।
प्रतिक्रिया