नेप्से परिसुचक कारोबारको दोस्रो घण्टामा ५१.७८ अकंले ओरालो लागेको छ।
आज १५०९.६७ बाट शुरु भएको नेप्से परिसुचक १ बजे सम्म आउँदा १४५८.०८ को बिन्दुमा आइपुगेको छ।
यो समय सम्म आउँदा कारोबार रकम भने १ अर्ब १५ करोड ३४ लाख पुगेको छ ।१ बजे सम्म १७१ कम्पनीको २६ लाख १४ हजार कित्ता शेयर खरिद बिक्री भइसकेको छ।
आज कारोबार भएका सबै कम्पनीहरु मध्ये नेपाल लाइफ इन्स्योरेन्सले १२ सय ६८ कित्ता शेयर बिक्रि गर्दै १ करोड३८ लाख बराबरको कारोबार गरेर उच्च स्थानमा छ ।
प्रतिक्रिया