सिभिल सहकारीले सिभिल मलको ७ लाख ९९ हजार कित्ता सेयर लिलामी गर्दै, ईच्छाराजले डुबाए लालकाजीलाई

६ बर्ष अगाडि

सिभिल सेभिङ्स एण्ड क्रेडिट सहकारी संस्थाले सुन्धाराको सिभिल मलको ७ लाख ९९ हजार कित्ता सेयर लिलाम गर्ने भएको छ । 

सहकारीले पोखराका लालकाजी गुरुङको नाउँमा रहेको कम्प्लेक्सको सेयर लिलाम गर्ने भएको हो । 

सिभिल बिजनेस कम्प्लेक्स प्रालि अन्तर्गतको कम्पनी सिभिल मलमा व्यवसायी इच्छाराज तामाङ्ग र गुरुङ्गको ५०/५० प्रतिशत सेयर साझेदारी रहेको छ । 

मलमा उनीहरु दुबैजनाको  ७ लाख ९९ हजार कित्ताका दरले सेयर छ ।  गुरुले उक्त सेयर सिभिल सहकारीमा धितोमा राखेका थिए ।
 
दुई दशकदेखि ब्यवसायिक साझेदारीमा काम गर्दै आएका उनीहरुबीच  बेमेल भएपछि सेयर लिलाम गर्ने चरणमा पुगेको हो। 

सिभिल मलको सेयर धितोमा राखेर कर्जा लिई सिभिल होम्स ग्रुपमा तामाङ्गसँग साझेदारी गरेका गुरुङले समयमा कर्जा नतिरको भन्दै सहकारीले यसअघि नै ३५ दिने सूचना जारी गरेको थियो । 

ऋण तिर्न आउन सूचना जारी गरेको म्यादभित्र नतिरेपछि धितोबापतको सेयर लिालाम गर्न थालेको सहकारीले जनाएको छ । 

अधिकारको दुरुपयोग गरी आफैले खोलेको सहकारीबाट ऋण लिँदै  रियल स्टेट व्यवसाय चलाउँदै आएका उनीहरु कारोबारमा समस्या आएपछि अप्ठेरोमा परेका छन् । 

आर्थिक संकट पर्दै गएपछि तामाङ्गले गुरुङ्गलाई डुवान थालेको आरोप छ । 

६ बर्ष अगाडि

प्रतिक्रिया