आज नेप्से परिसूूचक कारोबारको पहिलो घण्टामै २१.७८ अंकले ओरालो लागेको छ ।
आज १५०९.६७ को बिन्दुबाट सुरु भएको नेप्से एक घण्टाको अवधिमा १४८७.८९ को बिन्दुमा आइपुगेको छ ।
त्यस्तै , यो समय सम्ममा कारोबार रकम ४५ करोड ३५ लाख पुगेको छ । अहिले सम्ममा १५० कम्पनिको १० लाख ४ हजार कित्ता शेयर खरिद बिक्री भइसकेको छ ।
आज कारोबार भएका सबै कम्पनीहरु मध्ये नेपाल लाइफ इन्स्योरेन्सले १२ हजार कित्ता शेयर बिक्रि गर्दै ५ करोड ७८ लाख बराबरको कारोबार गरेर उच्च स्थानमा छ ।
त्यस्तै , १७०० कित्ता शेयर बिक्रि हुदाँ २ करोड ६० लाख को कारोबार गर्दै हिमालयन डिस्टिलरी लिमिटेड दोस्रो स्थानमा छ ।
प्रतिक्रिया