संक्रमणको जोखिममा रहेको नेपाललाई अमेरिकले करोडौं रकम सहयोग गर्ने

६ बर्ष अगाडि

अमेरिकी सहयोग नियोग ९युएसएड०ले कोरोना संक्रमणको जोखिममा रहेको नेपाललाई आर्थिक सहयोग गर्ने भएको छ । 

नियोगले नेपाल सहित प्रभावित हुन सक्ने र प्रभावित २५ देशलाई तीन करोड ७० लाख अमेरिकी डलरको सहयोग गर्न लागेको हो । 

अमेरिकाले संक्रामक रोग नियन्त्रणका लागि स्थापना गरिएको आपतकालीन कोषबाट उक्त रकम प्रभावित देशहरु लाई दिन लागेको छ ।

पहिलो चरणमा सहयोग पाउने देशहरुमा नेपाल, अफगानिस्तान, अंगोला, इन्डोनेसिया, इराक, काजकिस्तान, केन्या, दक्षिण अफ्रिका, ताजकिस्तान, फिलिपिन्स, तुर्किमेनिस्तान, उच्वेकिस्तान, जाम्बिया, जिम्बाबे, बंगालादेश, कम्बोडिया, इथियोपिया, किर्ज रिपब्लिक, लाओस, मंगोलिया, नाइजेरिया, पाकिस्तान, थाइल्यान्ड, भियतनाम रहेका छन् ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया