लुम्बिनी जनरलको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन

६ बर्ष अगाडि

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले लिलामी मार्फत बिक्रीमा ल्याएको शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले गत फागुन २४ गते देखि १ लाख कित्ता सर्वसाधरण समुहको सेयर शिलबन्दी बोलपत्र मार्फत बिक्री खुल्ला गरेको थियो । सो सेयर खरिदका लागि शिलबन्दी बोलपत्र पेश गर्नै सकिनेछ।

कम्पनीले गत कात्तिक २४ गते देखि मंसिर २९ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरेको हकप्रद सेयर बिक्री नभए पछि पुन लिलामी मार्फत बिक्री खुल्ला गरेको हो ।

शेयरको न्युनतम मुल्य १०० रुपैया तोकिएको छ ।लगानीकर्ताहरुले सो वा सोभन्दा बढी रकम अंकित गरी बोलपत्र पेश गर्नु पर्नेछ। 

कम्पनीको  शेयर बिक्री प्रबन्धक सिबिआईएल क्यापिटल लिमिटेड रहेको छ। 

लगानीकर्ताले बिक्री प्रबन्धकका साथमा सिटिजन्स बैंकका विराटनगर, विरगंज, हेटौँडा, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखाकार्यलय बाट आवेदन दिन सकिने बैंकले जनाएको छ ।


 

६ बर्ष अगाडि

प्रतिक्रिया