नेपालबाट फर्केर स्पेन गएका एकजनाको कोरोना संक्रमणबाट मृत्यु

६ बर्ष अगाडि

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट स्पेनमा एक जनाको मृत्यु भएको छ ।  उनको गत फेब्रुअरी १३ मा मृत्यु भएको डेलीमेलको समाचारमा उल्लेख छ । 
 मृतकले हालैमात्रै नेपालको भ्रमण गरेका थिए ।

भ्यालेन्सियाका स्वास्थ्य अधिकारीहरुले ती व्यक्तिको मृत्यु कोरोना भाइरस संक्रमणबाट भएको पुष्टी गरेका छन् । नेपाल भ्रमणगरेर फर्केपछि ती व्यक्ति बिरामी भएर अस्पतालमा भर्ना भएका थिए ।

अहिलेसम्म ती व्यक्तिको मृत्यु के कारणले भएको थियो भन्नेबारे खुलाइएको थिएन । यो नै कोरोना संक्रमणबाट स्पेनमा भएको पहिलो मृत्यु भएको जनाइएको छ । 
 

६ बर्ष अगाडि

प्रतिक्रिया