कुमारी बैंकको २२औं शाखा लिम्घा, गुल्मीमा

५ बर्ष अगाडि

सत्यवती–०४, लिम्घा, गुल्मीमा कुमारी बैंक लिमिटेडले आफनो २२औं शाखा सञ्चालनमा ल्याएको छ ।

सत्यवती गाउँपालिकाका अध्यक्ष परिश्वर ढकाल तथा बैंकका संचालक समितिका सदस्य कृष्ण प्रसाद ज्ञवालीद्वारा संयुक्त रूपमा एक समारोह बीच शाखा रहित बैंकिङ्ग सेवा उद्घाटन सम्पन्न गरेका हुन् ।

विगत १९ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिँदै आएको कुमारी बैंकले, आफ्ना देशभर रहेका १२३ शाखा संजाल, ११९ एटिएम, ६ एक्सटेन्सन काउन्टर तथा २२ शाखारहित बैंकिङ्ग ईकाईहरू मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू  दिदै  आएको बैकंले जनाएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया