अमूल्य निधिलाई ढकनीले छोपेर राख्न हुन्न: मुख्यमन्त्री पौडेल

५ बर्ष अगाडि

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश तथा स्थानीय तहले  सम्पदाको संरक्षण र संवद्र्धन गर्दा पुरातत्व विभागले अड्चन खडा गर्न नहुने बताएका छन् । 

 चुरियामाई सुरुङमार्ग पुनर्निर्माण र संरक्षण सम्बन्धी बारा र मकवानपुरका प्रतिनिधिसंग  आज भएको छलफलमा उनले एसियाकै पहिलो सो सुरुङमार्ग संरक्षणमा प्रदेश सरकारले प्राथमिता दिएको जानकारी दिए । “यस्तो अमूल्य निधिलाई ढकनीले छोपेर राख्न हुन्न, एसियामा कहीँ कतै यस्ता मार्ग नबन्दा हाम्रा पूर्वजहरुले बनाउन सक्नु आफँैमा गर्वको कुरा हो”,  पौडेलले भने । 

 प्रदेश सरकारको पहिलो नीति तथा कार्यक्रममा सो सुरुङमार्ग र फर्पिङको चन्द्रज्योति जलविद्युत्को पुनर्निर्माण र संरक्षण गर्ने उल्लेख गरिएको थियो । उनले  सुरुङमार्गको पुनर्निर्माण र यातायात म्युजियमको निर्माण   तथा मनोरम उद्यान समेत बनाउने जानकारी दिए ।  

प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले सुरुङ मार्ग पुनर्निर्माण गर्न विस्तृत अध्ययन प्रतिवेदन तयार भइ आगामी नयाँवर्षदेखि पुनर्निर्माण शुरु गरिने जानकारी दिए। 
 

५ बर्ष अगाडि

प्रतिक्रिया