दिउँसो तीन बजेसम्म मात्र हुने सेयर कारोबार आज ३ बजेर ५५ मिनेटसम्म हुने भएको छ ।
ब्रोकरहरुको डाटा सेन्टरमा समस्या आएपछि ५५ मिनेट कारोबार रोकिएको कारण समय अबधि थपेर कारोबार खुला राख्ने निर्णय गरिएको नेप्सेले जनाएको छ ।
दिउँसो १२ बजेर ४१ मिनेट गएपछि ब्रोकरको डाटा सेन्टरमा समस्या देखिएको थियो ।
अहिले समस्या समाधान भएर पुनः कारोबार नियमित भएको छ ।
प्रतिक्रिया