आज एक सूचना जारी गर्दै नबिल बैँक लिमिटेडले २ अर्ब रुपैँया बराबरको ऋणपत्र चैत्र २ गतेबाट १० प्रतिशत ब्याजदरमा निष्कासित गर्ने जानकारी गराएको छ ।
उक्त सूचना अनुसार बैँकले प्रत्येक कित्ता बराबर २० लाख कित्ता ऋणपत्र खुल्ला गरेको हो । यसलाइ विभिन्न तवरमा छट्याइएको छ । जसअनुसार ,व्यक्तिगत रु.१ अर्ब २० करोड(१२ लाख कित्ता ) ,सामुहिक लगानी कोषमा रु. ४ करोड (४० हजार कित्ता ) र बाँकी रहेको ८० करोड (८ लाख कित्ता ) सर्वसाधारणका लागि छुट्याएको छ । उक्त ऋणपत्रको अवधि भने ७ बर्षको रहेको छ ।
यस ऋणपत्रको प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । ऋणपत्रमा आवेदन भने चैत्र ५ देखी १५ गते सम्म दिन सकिनेछ । सर्वसाधारणमा निष्काशन गरिने ऋणपत्रको लागि इक्रा नेपाल लिमिटेडले ( इक्रा एनपी एल डबल एल ए माइनस)रेटिङ प्रदान गरेको हो ।
लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त सि आस्बा सेवामा सहभागी बैँक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ ।
प्रतिक्रिया